पोखरा लेडी जेसीसद्वारा मिनी अक्सिजन बैंकलाई आर्थिक सहयोग

पोखरा । विश्व महामारी कोभिड १९ को दोश्रो भेरियन्ट फैलिने क्रममा यसले नेपालमा पनि धेरै असर पारेको छ । संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएका छन् ।

पोखरका सात ओटा रोटरी क्लब र प्रदेश नं ४ का रोट्याक क्लबको संयोजनमा रोटरी मणिपाल कोभिड १९ सेन्टर र ‘मिनी अक्सिजन बैंक, जीवनको आशा’ भन्ने उदेश्यले सक्रिय रहेका छन् । पोखरा लेडी जेसीज परिवारले सहकार्य स्वरूप मानवीय सेवामा मलम पट्टी लगाउन ४६ हजार ५ सय रुपैयाँ अर्थिक सहयोग रहेको छ।

आर्थिक संकलन संयोजक बिनिता सुबेदी ले गरेकी थिइन्। मानवताको सेवा मा सदैव तत्परका साथ लाग्नु पर्ने बेला आएमा सधै एक कदम अगाडी रहेर सहयोग गर्ने क्लबका अध्यक्ष बिनीता सापकोटाले बताइन् । संकटको यस घडीमा सबैलाई घरमानै सुरक्षीत र सचेत भएर बस्न र मानविय सेवामा सकेको सहयोग गर्न पनि उनले आह्वान गरेकी छन् ।

You might also like

Comments are closed.