पोखरा लिंकन इन्टरनेशनल कलेजमा खेलकुद ‘स्पोर्टस् मिट’ सम्पन्न

काठमाडौं । पोखरा लिंकन इन्टरनेशनल कलेजमा विविए र बिएचएम संकायका विद्यार्थीहरुबीच खेलकुद कार्यक्रम स्पोर्टस् मिटसम्पन्न भएको छ ।

कलेजमा माघ ४ गतेदेखि ६गतेसम्म विविए र बिएचएम संकायका विद्यार्थीहरुबीच खेलकुद कार्यक्रम स्पोर्टस् मिट सम्पन्न भएको हो ।

पोखरा लिंकन ईन्टरनेशनल कलेजको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङ संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गरुङ, र संस्थाका संस्थापक प्रचार्य पम्फा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।

तीन दिनसम्म सञ्चालित कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, टेवल टेनिस र डोरी तान्ने खेलहरु खेलाइएको थियो । जसमा फुटबलमा १२ टिम, भलिबलमा ८ टिम, बास्केटबलमा (छात्र छात्रा गरी) ११ टिम, टेवल टेनिस सिङ्गलमा २४ जना, टेवल टेनिस डबलमा १४ टिम र डोरी तान्ने खेलमा ७ टिम सहभागी थिए ।

फुटबल गल्र्समा बिएचएम प्रथम, बिबिए दोस्रो, फुटबल व्याइजमा बिबिए प्रथम सेमेस्टर प्रथम, बिएचएम छैटौं सेमेस्टर ए दोस्रो, बास्केटबल व्याइजमा बिएचएम दोस्रो सेमेस्टर ए प्रथम र बिबिए चौथो सेमेस्टर दोस्रो भएका थिए ।

त्यसैगरी, बास्केटबल गल्र्समा टिम ए ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसै गरि भलिवल व्याइजमा दर्फ बिएचएम चौथो सेमेस्टर बि ले प्रथम, र बिएचएम चौथो सेमेस्टर ए ले दोस्रो, भलिवल गल्र्समा तर्फ बिएचएमको टोली प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।
त्यसैगरी टेवल टेनिस डबलमा अमिस ढकालको टोलीले प्रथम र सन्देस रानाको टोलीले दोस्रोे स्थान हाँसिल गरे ।

टेवल टेनिस सिङ्गल व्याइजमा अमिस ढकाल ले प्रथम स्थान र आभास थापाले दोस्रो स्थान हाँसिल गरे भने टेवल टेनिस सिङ्गल गल्र्सतर्फ अमिसा गरुङले प्रथम स्थान र सुमिना गरुङले दोस्रो स्थान हासिल गरका छन् । साथै डोरी तान्ने खेलमा बिएचएम प्रथम सेमेस्टरले प्रथम स्थान र बिएचएम छैटौं सेमेस्टरले दोस्रो स्थान हासिल गरे ।

पोखरा लिंकन इन्टरनेशनल कलेज पोखराको मध्यभाग सिमलचौरमा अवस्थित करिव एक दसक देखि मलेशियाको लिंकन युनिभर्सिटिवाट सम्बन्धन प्राप्त, नेपालको शिक्षा पन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वबिद्यालयबाट समकक्षता प्राप्त अन्तर्राष्ट्रियस्तरको डिग्रि सञ्चालन गरिरहेको छ ।

उक्त कलेज पोखराका प्रतिष्ठित शैक्षिक, विभिन्न पेशा ब्यवसायमा स्थापित ब्याक्तित्व एवं ब्यवसायीहरुबाट सञ्चालित कलेज हो ।

 

You might also like

Comments are closed.