सिमलचौर । पोखरा लिंकन इन्टरनेशनल कलेजले बीएचएम र बीबीएका लागि आवेदन खुला गरेको छ । बिहानी सत्रमा नयाँ भर्नाका लागि आवेदन खुला गरिएको कलेजका प्रधानध्यापक पम्फा गुरुङले जानकारी दिइन् ।
कलेजले हालै शिक्षा मन्त्रालयबाट एमबीए कक्षा संचालनका लागि समेत स्वीकृति प्राप्त गरि आगामी मार्च २०२३ देखि एमबीए कक्षासमेत संचालन गर्ने संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
कलेज मलेसियाको लिंकन युनिभर्सिटी कलेजबाट सम्बन्धन, शिक्षा मन्त्रालयबाट स्वीकृति र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेको कलेज हो ।
विगत दश वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट संचालित यस कलेजबाट हालसम्म ३५० विद्यार्थी दिक्षित भई सकेका छन् । हाल यो कलेज नयाँ व्यवस्थापनमा संचालन भइरहेको छ । विद्यार्थीको रुचिअनुसार प्रविधिमैत्री शिक्षण विधिबाट अध्यापन गराइ रहेको कलेजका निर्देशक राजकुमार गुरुङले जानकारी दिए ।
Comments are closed.