एघारौं पोखरा महोत्सव-२०७९ का लागि विभिन्न ३७ उपसमितिहरु गठन

पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ। युनाईटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्य ढंगले सम्पन्न गर्नका लागि युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरी संयोजक तोकिएको हो।

हालै सम्पन्न बैठकले मुल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोकबहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरिएको छ।

त्यसैगरी अर्थ व्यवस्थापन उपसमिति संयोजकमा सूर्यबहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्त बाहादुर थापा, झांकी ¥याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुङ, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा विष्णुकुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार व्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली चयन भएका छन् ।

jutta mela

त्यसैगरी खानेपानी तथा सरसफाइ व्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा विजय कार्की, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात व्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार व्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बीमा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्रबहादुर थापा, पर्यटन प्रवर्ेद्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई चयन गरिएको छ ।

त्यसैगरी ट्राफिक व्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठ पोषण उपसमिति संयोजकमा रिमबहादुर क्षेत्री, विद्युतिय व्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला व्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता राना मगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।

त्यसैगरी क्लवको बैठकले पोखरा महोत्सव २०७९ को लागि विभिन्न सल्लाहकारहरु चयन गरेको छ। महोत्सव सल्लाहकारहरुमा सम्मरबहादुर श्रेष्ठ, क्या. फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, श्यामकृष्ण श्रेष्ठ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, सेती थापा, मेजर हितमान गुरुङ, लिला जिसी, सन्तोष बास्तोला (अध्यक्ष वडा नं. १२), राजेश गुरुङ (अध्यक्ष वडा नं. १०), किरण बराल (अध्यक्ष वडा नं. १३), तोरण बानिया (अध्यक्ष वडा नं. १५), प्रेम कर्माचार्य (अध्यक्ष वडा नं. ११), बोधराज कार्की (अध्यक्ष वडा नं. १४), प्रेम छिरि शेर्पा, भरत केसी, राजेन्द्रबहादुर कार्की, शिवबहादुर वराल, तेजबहादुर गुरुङ, कृष्णकुमारी थापा, सु. जसबहादुर गुरुङ, दिपकबहादुर थापा, गुप्तबहादुर कार्की, दया बराल, दानबहादुर गुरुङ र शंकरनाथ पौडेल रहेका छन्।

You might also like

Comments are closed.