एघारौँ पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रीज

पोखरा । एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ। गागामी पुष २७ देखि माघको ९ गतेसम्म युनाईटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो।

महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका अपरेटिङ अफिसर रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए ।

पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामग्रीहरु बिक्री गर्दै आइरहेको छ। पोखरा महोत्सवसंग सहकार्य गरी आफ्नो ब्यापारसंगै महोत्सव आयोजक युनाईटेड क्लबले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि बढ्न आफु तत्पर रहेको रौनियारले बताए ।

युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीजसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताउदै महोत्सवको माध्यामबाट उत्पादित सामग्रीहरुको प्रवर्द्धन गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने समेत बताए ।

महोत्सवबाटै सामाजिक काममा आफुहरु लालि परेको बताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीजको पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए। महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ।

जसअनुरुप युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ ।

हालसम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लबले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । एघारौ पोखरा महोत्सवदेखि युनाईटेड क्लवले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए।

You might also like

Comments are closed.