पोखरा । पोखरा रोयल बचत ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा आगामी असोज ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । यस सहकारीको ४ वटा सेवा केन्द्रको साधारण सभा फरक–फरक मितिमा हुने सूूचनामा उल्लेख गरिएको छ ।
पोखरा १० विरेन्द्रचोकस्थित प्रधान कार्यालयको साधारण सभा आगामी असोज ३ गते बिहान ११ बजे भमरकोट पार्टी प्यालेसमा, पोखरा २९ भण्डारढिक स्थित भण्डाढिक सेवा असोज ४ गते ङयोई तमु धिं भवनमा भण्डाढिक बिहान ११ बजेदेखि, मोहरासेवा केन्द्रमा असोज ५ गते शुुभम् पार्टी प्यालेस पोखरा, बस्ताकोटी भवनमा बिहान ११ बजेदेखि बस्ने सूचनामा जनाइएको छ ।
त्यस्तै, दुलेगौडा सेवा केन्द्रको असोज ६ गते नेवार समाज भवन दुलेगौडामा बिहान ११ बजे हुनेछ । त्यसैगरी, एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज ८ गते रोयल दिदिबहिनी किचन बुद्धचोकमा बिहान ८ बजेदेखि बस्नेछ ।
उक्त साधरण सभामा आफूलाई पायक पर्ने ठाउँमा उपस्थिति हुन सम्पूर्ण सदस्यलाई सहकारीले आग्रहसमेत गरेको छ । साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत र पारित गर्ने कार्यसूची रहेको छ ।
Comments are closed.