बालेनको सार्वजनिक शौचालय अवधारणामा पोखरा रोयल सहकारीको साथ

पोखरा । पोखरामा सञ्चालित रोयल बचत तथा ऋण सहकारी संस्थाले शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) को निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक प्रतिष्ठानका सौचालयलाई सार्वजनिक बनाउने प्रयासमा रोयल बचत तथा ऋण सहकारीले पनि साथ दिएको हो ।

पोखराका सार्वजनिक स्थलमा शौचालयको अभाव पूर्तीका लागि सहकारीले शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको संस्थामा मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए ।

पोखराको बुद्धचोक स्थित संस्थाको मुख्य कार्यालय भवनमा रहेको शौचालयलाई सार्वजनिक प्रयोजनको लागि खुला गरिएको हो । शौचालय सर्वसधारणका लागि खुला गरिएको कुरा सामान्य भए पनि जनताप्रतिको उत्तरदायित्व वहन गर्न यसले मद्दत पुग्ने ढकालले बताए ।

सार्वजनिक स्थलमा शौचालयको अभाव पूर्तीका काठमाडौं महानगरपालिकाका मेयर शाहले पहिलो कार्यपालिका बैठकमा सार्वजनिक सौचालयको नयाँ अवधारणा सार्वजनिक गरेका थिए। जुन अवधारणले सार्थकता पाइरहेको छ । निजी क्षेत्रहरुले उनको अवधारणलाई साथ दिइरहेका छन् ।

You might also like

Comments are closed.