पोखरा पर्यटन परिषदले प्रथम दाँई महोत्सव गर्ने

पोखरा । पर्यटकी राजधानी पोखरामा प्रथम दाँई महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजना तथा स्थानीय मार्गी.बगर टोल विकास संस्थाको सहकार्यमा पोखरा २३ मार्गीस्थित फेवाफाँटमा दाँई महोत्सव गरिने भएको छ ।

कार्यक्रम सम्पन्न गर्न पोखरा पर्यटन परिषदका सहकोषाध्यक्ष बाबुराम पाण्डेको संयोजक, परिषदका कार्यसमिति सदस्य शेषकान्त शर्मा सहंसयोजक र फबेन्द्र गुरुङ स्थानीय मार्गि बगर टोल विकास सस्था सदस्य रहने गरी उपसमिति गठन गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय कार्यक्रम प्रवद्र्धकको रुपमा रहेका छन् ।

पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुर्याउनेछ, “पोखरा सबै मौसमका लागि” भन्ने भनाइलाई सार्थक बनाउँदै यहाँको मौलिक र सम्भवत नेपालमा मात्रै मनाइने रोपाइँजात्रा तथा परम्परागत दाँई महोत्सवमा पर्यटक तथा युवालाई संग्लग्न गराउँदै यसको संरक्षण गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।

पोखरामा भएका पर्यटकलाई यस कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराउने, पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवम् सहजै पुग्न सकिने गन्तव्यको रूपमा रहेको जानकारी गराउन, कृषकलाई प्रोत्साहन गर्ने र आफ्नो पेशाप्रति अभिप्रेरित गराउने, नया पुस्तालाई चामल बोरामा होइन खेतमा फल्छ भन्ने सिकाईसंगै मौलिक परम्परागत कृषि प्रणालीको जानकारी एवम् सङ्कलनमा प्रत्यक्ष अवलोकन गराउने उद्धेश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

यस महोत्सवले कृषि प्रधान देशमा खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्ने, कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिने, युवालाई कृषि पेशामा संलग्न गराउनका साथै पर्यटकलाई नेपालको महत्वपूर्ण दिनको बारेमा जानकारी दिँदै परम्परागत दाँईको अनुभव दिने विश्वास गरिएको छ ।

 

 

 

 

 

 

 

lcci
You might also like

Comments are closed.