पोखरा युनाइटेड एकेडेमीमा डिजाइनिङ र सौन्दर्यशास्त्र पढाई हुने

काठमाडौं । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ ।

एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए ।

उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार रु ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकबाट अध्यापन गराइने उनको भनाइ छ ।

कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षाअन्तर्गत रोजगारको प्रशस्त सम्भावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताइन् । उनले २०७१ सालदेखि ऐच्छिक विषयका रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताइन् ।

कार्यक्रममा ३५ वर्षदेखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेकी मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन्

फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राखे ।

ऐकेडेमिका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए ।

एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एकेडेमीको शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसईई उत्तिर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्नसक्ने बताए ।

You might also like

Comments are closed.