पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा पोखरा चेम्बर अफ कमर्सको ध्यानाकर्षण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा पोखरा चेम्बर अफ कमर्स कास्कीले ध्यानाकर्षण जनाएको छ ।

संघिय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिबाट आएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी प्रतिवेदन तथा त्यसपछि उत्पन्न विभिन्न प्रतिक्रियाप्रति एक विज्ञप्ती निकाल्दै चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निम्ति पटक–पटक नागरिक उड्यन प्राधिकरण लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेका छौँ, यहाँबाट हामी नियमित उडान चाहान्छौँ, यस विमानस्थललाई गण्डकी प्रदेशको समृद्धिको रुपमा लिएका छौं, तर निर्माण कार्य रोक्न जुन ढंगबाट भाँजो हालेर नकारात्मक टिकाटिप्पणी भयो, अहिले आएका विभिन्न प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि व्यवसायीक अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थालाई चिर्दै पोखरा पर्यटन परिषदकै नेतृत्वमा २०८१ चैत ५ गते पहिलो व्यवसायीक उडान पोखराबाट १२६ जना यात्रु लिई चिनको छेन्दु अवतरण गरेको हो । त्यसपश्चात हाल साप्ताहिक रुपमा सिचुवान एअरले पोखरा (छेन्दु एक उडान र हिमालयन एअरलाईन्सले पोखरा) ल्हासा साप्ताहिक रुपमा एक उडान गरिरहेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आकर्षित हुदै गइरहेको अवस्थालाई छायाँमा पार्ने काम भइरहेको छ । यसले समग्र पोखराको बदनामी गर्ने भएकाले गम्भीर रुपमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न बाहानामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउनबाट रोक्ने र पोखराको बदनाम हुने गरी गरिने गतिविधि तथा क्रियाकलापहरु तत्काल रोक्न जोडदार माग गर्दछौ’ ।

 

 

 

You might also like

Comments are closed.