काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल मानकी इन्टरनेशनल प्रालिबीच छुट सम्झौता भएको छ ।प्रभु बैंक र होटल मानकी इन्टरनेशनलबीच ‘फुडर लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतापछि प्रभु बैंकका ग्राहकहरुले होटल मानकी इन्टरनेशनलद्धारा सञ्चालित ‘फुडर लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन ।उक्त सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात होटल मानकी इन्टरनेशनलप्रा। लिमा प्रभु बैंककाग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्न पर्नेछ ।
होटल मानकी इन्टरनेशनलका ‘फुडर लजिङ्ग’ सेवाहरुमा आकर्षक छुट पाउने सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
Comments are closed.