प्रभु बैंकका ग्राहकहरुलाई गुर्जुधारा डेन्टल केयरमा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयर प्रा.लि.बीच सम्झौता भएको छ। बैंक र डेन्टल केयरबीच विभिन्न सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयरका तर्फबाट प्रबन्ध निर्देशक डा. विनय भण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले गुर्जुधारा डेन्टल केयरद्वारा सञ्चालित ‘साधारण दन्त उपचार’ सेवामा १५ प्रतिशत र ‘जटिल दन्त उपचार’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

 

You might also like

Comments are closed.