प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी गर्ने सम्झौता

 

काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल देशभर रहेको २१७ शाखाबाट कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

You might also like

Comments are closed.