प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता

काठमाडाैं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापछि सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ।

उक्त सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

हाल प्रभु बैंकले २१७ शाखा, एक्सटेन्सन काउन्टर ६३, एटिएम १९३ वटाबाट सेवा प्रदान गर्दै आएको छ ।

 

You might also like

Comments are closed.