काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ती गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधि सभा सदस्यसमेत रहेका बैंकका पुर्व अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन्।
एकीकृत कारोबार पश्चात प्रभु बैंक सञ्चालक समितीको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंककै अशोक शेरचन रहेका छन् । एकीकृत कारोबार पश्चात बैंकको चुक्ता २३ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ ।
यसैगरी बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ भने, कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । एकीकृत कारोबार पश्चात बनेको प्रभु बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ।
Comments are closed.