प्रभु बैंकको सीइओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडको सीइओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई ४ वर्षसम्मको लागि सीईओ बनाउने निर्णय गरेको हो ।

शेरचन ८ वर्षदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । प्रभु बैंकले हालै मात्र सेञ्चुरी बैंकलाई एक्विजेसन गरेको छ ।त्यस्तै ,बैंककाे पुनः सिईओमा नियुक्ती भएकाेमा  शेरचनलाई  सफल कार्यकालको शुभकामना दिएकाे छ । साथै, बैंकले  कुशल बैंकर,अर्थतन्त्र विकासको सहयात्री सीइओ शेरचनको अतुलनिय योगदानको प्रशंसा समेत गरेको छ ।

हाल प्रभु बैंकको देशभर २०८ शाखा, ४६ एक्सटेन्सन काउण्टर र १५५ एटिएम रहेको छ । बैंकले देशभर १४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

jutta mela

You might also like

Comments are closed.