प्रभु बैंकका ग्राहकलाई मुस्ताङका होटल तथा रेष्टुरेन्टमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टमा छुट दिइने भएको छ । छुट सम्बन्धी छुट्टाछुट्टै समारोहका बीच सम्झौता गरिएको छ ।

मुस्ताङका विभिन्न ११ होटेलका सञ्चालक र बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम बैंकका ग्राहक तथा कर्मचारीका लागि आवास र खानामा १० प्रतिशत सम्मका छुटहरु प्राप्त गर्न सकिने छ । सहभागी होटेलहरुको सुची निम्नानुसार छन् :
Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha .

मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिले भरिपुर्ण मुस्ताङ नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ ।

अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा भिन्न किसिमको छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम, मार्फा, ढुम्बाताल, लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ स्याऊ, आलु, फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ ।

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमाल पारीको ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ । अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा लिन सकिन्छ । विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकको आगमन हुने गरेको पाइन्छ ।

विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरी गाई, घोडा जस्ता जनावरहरु देख्न सकिन्छ । विभिन्न जातिका भेषभूषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक बिषय पनि हो । प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएमहरु रहेको छ ।

You might also like

Comments are closed.