प्रभु बैंकको भिजा बिजनेश डेबिट कार्ड सेवा सञ्चालन

काठमाडौं । प्रभु बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा नविनतम् सुविधासहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि सञ्चालनमा ल्याएको सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युत्तीय भुक्तानीको माध्यम मानिन्छ ।

यो प्रभु बिजनेश डेबिट कार्ड चल्तीखाता खोली कारोबार गर्ने तथा गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने उद्धेश्यले यस सेवाको थालनी गरिएको कम्पनीले बताएको छ । यो बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजनका लागि लक्षित छ ।

व्यापारिक घराना, फार्म, कम्पनी, कर्पाेरेट र व्यापारिक घराना, स्कुल तथा कलेज र विश्वविद्यालय, होटल र रेस्टुरेन्, अस्पताल आदिमा सीमित हुन सक्दछन् । जसले आफ्ना व्यापारी, बिक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायकलाई नियमित रूपमा साना र ठूला भुक्तानी गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

बिजनेस डेबिट कार्डबाट यसरी लिन सकिन्छ लाभ :

क. यात्रा र मनोरञ्जन आवश्यकताहरू
बिजनेस डेबिट कार्डको मद्धतले, बिजनेस हाउसले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिन्छ । बिजनेस डेबिट कार्डको मद्धतले टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलमार्फत ट्राभल एजेन्टहरुसँग खरिद गर्न सकिन्छ ।

यसरी व्यवसायिक प्रयोजनमा आफ्ना कर्मचारीलाई कुनैपनि अग्रिम सुविधा प्रदान गर्नुपर्दैन र पछि हिसाब मिलान गर्न, अपरेशन झन्झट कम गर्दै अग्रिम भुक्तानी व्यवस्थित गर्नका साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।

ख. कार्यालय खर्च र खरिद आवश्यकता
बिजनेस डेबिट कार्डको मद्धतले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सकिन्छ । बिक्रेतासँग राम्रो छूटको लागि सिधै कुराकानी गर्न सकिन्छ । बिक्रेताले बैंक खातामार्फत तुरुन्तै सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्दछन् ।

ग. प्रशिक्षण आवश्यकता
भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै बिजनेस डेबिट कार्डले संगठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलमार्फत भुक्तानीको स्वीकृतिसंग व्यापारिक घरानाहरूले पारदर्शी र सजिलैसँग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।

घ. व्यवसाय डेबिट कार्डको साथ लाभ र मूल्य अभिवृद्धि
ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ । कम्पनीले सञ्चालनमा ल्याएको बिजनेस डेबिट कार्डको मद्धतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबर्द्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने विश्वास लिएको बताएको छ ।

You might also like

Comments are closed.