आगन्तुक रिसोर्टमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई काभ्रे धुलिखेलको आगन्तुक रिसोर्टमा विशेष छुट दिने बिषयमा सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । पलाञ्चोक भगवती, चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यो ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिमश्रृङ्लाको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।

काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो । आन्तरिक एवंम् बाह्य पर्यटकका लागी काभ्रे अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अवस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।

ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित यस बैंकका नेपालभर ३०३ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिष्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित यस बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

You might also like

Comments are closed.