काठमाडौं । कुसोम फाइनान्स क्लव (KUSOM Finance Club )ले आयोजना गरेको इन्टर कलेज स्टक पिचिङ कम्पीटेसन (INTER COLLEGE STOCK PITCHING COMPETITION) प्रतियोगिताको मुख्य प्रभू क्यापिटल रहेको छ ।
शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गने उद्देश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाडौं युनिर्भसिटी, धुलिखेलमा भएको हो ।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अन्तर्गत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए ।
जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये “buy”अथवा “sell” को लागि विभिन्न आधारभूत / प्राविधिक विश्लेषण( fundamental / technical analysis) मा आफ्नो प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै कुसोम कलेजका सहायक प्राध्यापक पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।
प्रतियोगितामा टिम “स्टक जेम्स” पहिलो विजेता भए भने दोस्रो विजेता टिम “स्वीप्रबी” घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम रु ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।
Comments are closed.