प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बिबिए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन् ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्नेगरीे आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौताअनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सेयर बजार सम्बन्धी विभिन्न तालिम तथा सेवामा सहुलियत प्रदान गर्नेछ ।

jutta mela

साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्नेलगायतका विषय समेटेर कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको हो ।

You might also like

Comments are closed.