प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १ दिने प्रशिक्षण कार्यक्रम गरेको छ । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयक प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रम राजधानी मोडेल कलेज पुरानो बानेश्वरमा आईतबार सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण दिएका थिए ।

साथै कार्यक्रमको उद्देश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेकी थिइन् । कार्यक्रममा सेयर बजार तथा प्राथमिक तथा दोश्रो बजारसम्बन्धी आधारभुत कुराहरु, सेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापनसम्बन्धी विषयहरु समेटिएको थियो ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना भइ १८–३० वर्ष युवाले संचालन गरेको गैर–लाभकारी, गैर–राजनीतिक संस्था हो ।

You might also like

Comments are closed.