पुर्वाञ्चल ल्यूव आयलको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाण्डौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

सर्वसाधारणलाई ५ लाख कित्ता सेयर जारी गर्नको लागि पुर्वाञ्चल ल्यूव आयल र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

मोरङको बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले २३ वर्षदेखि आफनो उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

jutta mela

नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा व्यापारी बनाएको पुर्वाञ्चल ल्यूव आयल लिमिटेड नेपालकै अग्रणी ल्यूब्रीकेन्ट कम्पनीको परिचय बनाएको छ । लिमिटेडले विभिन्न प्रकारका एीइ ब्राण्डको ल्यूब्रीकेन्ट उत्पादन र बिक्री गर्दै आएको छ ।

You might also like

Comments are closed.