प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । अब  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर  हुने भएका छन् ।

३२ असार शनिबार दुई कम्पनी प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा प्रभु इन्स्योरेनसका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।

jutta mela

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुनेछ । सञ्चालक समितिको अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुनेछन् ।

सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा तलमाथि नभएमा प्रभु र अजोड इन्स्योरेन्सबीच १०० : ७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएका दुबै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मर्जरपछि बन्ने कम्पनीमा अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीले ७० कित्ता सेयर पाउनेछन् ।

You might also like

Comments are closed.