काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) र प्रभु स्मार्ट फण्ड (PRSF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेका छन् ।
यी दुवै फण्डले भदौ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीहरुले घोषणा गरिएको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
साउन ३० गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडका अनुसार, लाभांश वितरणका लागि तोकिएको बुकक्लोज मितिअनुसार योग्य इकाईधनीहरुले नगद लाभांश प्राप्त गर्नेछन् ।
Comments are closed.