काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको आसन्न निर्वाचनका लागि प्रदिपमान प्रधानले उम्मेदवारी दिएका छन् । उनले एसोसिएटतर्फ खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अटोमोबाइल क्षेत्रमा ५० वर्षको व्यावसायिक अनुभव संगालिसकेका प्रधान अनुभवी व्यवसायी हुन् । प्रधानको उम्मेदवारीले महासंघको बागमती प्रदेशलाई सवल र सक्षम बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
नेपाल उद्योेग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्षसमेत रहेका प्रधानले यस अगाडि नाडा लगायत विभिन्न संघसंस्था काम गरिसकेका छन् । अध्यक्षका उम्मेदवार दुर्गाराज श्रेष्ठको प्यानलबाट उनले उनले उम्मेदवारी दिएका हुन् ।





Comments are closed.