भारतमा प्रदूषण बढ्दो, एक वर्षमा २३ लाखको मृत्यु

 

दिल्ली । भारतमा प्रत्येक वर्ष वायु प्रदूषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ । भारतको प्रदूषण र स्वास्थ्यसम्बन्धी आयोग ल्यान्सेटले सार्वजनिक गरेको एक तथ्याङ्कमा सन् २०१९ मा प्रदूषणका कारण २३ लाख मानिसको मृत्यु भएको देखाएको हो ।

भारतमा वायु प्रदूषणबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । सन् २०१५ माभन्दा सन् २०१९ मा ३४ प्रतिशतले प्रदूषण बढेको पाइएको छ ।

jutta mela

सवारी साधनको अत्यधिक चापले वर्षेनी वायु प्रदूषणको मात्रा बढ्दै गएपनि यसमा सरकारले ध्यान नदिएको आरोप लगाउने गरिएको छ ।

You might also like

Comments are closed.