कृषि क्षेत्रमा योगदान पुर्याएबापत प्रल्हाद दाहाललाई सम्मान

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन् । कृषि तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै अप्टिमिस्ट इन्टरनेशनल एसिया डिस्ट्रिक्टले दाहाललाई एक विशेष समारोहबीच सम्मान गरेको हो ।

अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका निवर्तमान अध्यक्ष समेत रहेका दाहाललाई विशेषगरी कृषि क्षेत्रमा पु¥याएको योगदान र सामाजिक कार्यको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो ।

कृषि र दुग्ध क्षेत्रमा दाहाल निरन्तर सक्रिय छन् । उनले ‘मोही अभियन्ता’को पहिचान बनाएका छन् । कृषिसँगै शिक्षाको क्षेत्रमा पु¥याएको योगदान र सामाजिक रूपान्तरणका लागि उनले देखाएको सक्रियतालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

अप्टिमिस्ट इन्टरनेशनल एसिया डिस्ट्रिक्टका गभर्नर प्रताप बहादुर थापाले दाहाललाई सम्मान–पत्र हस्तान्तरण गरेका हुन् । काभ्रेको पाँचखाल–२ मा जन्मिएका दाहाल काठमाडौँ–८ का स्थायी बासिन्दा हुन् । सामाजिक क्षेत्रमा थप सक्रियताका साथ काम गर्न सम्मानले प्रेरणा मिलेको दाहालले बताए ।

You might also like

Comments are closed.