पोखरा फाइनान्सको सीईओमा गुरुङ

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर प्रकाश गुरुङ नियुक्त भएका छन् । सोमवार बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओमा नवनियुक्त गुरुङले आउँदो चैत १ गतेबाट आफ्नो कार्यभार सम्हाल्नेछन् । यसभन्दा अघि ग्रीन डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव गुरुङसंग छ । त्यसभन्दा अगाडि उनले साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतमा काम गर्दै बैकिङ क्षेत्रमा २५ वर्षको अनुभव संगालेका छन् ।

उनी कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् । उनको नेतृत्वमा पोखरा फाइनान्सले वित्तीय अवस्था सुधार गर्दै अगाडि बढ्ने विश्वास गरिएको छ ।

 

You might also like

Comments are closed.