प्रतिभा माविद्वारा विभिन्न विधामा जिम्मेवारी बाँडफाँड

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले यस वर्षको लागि विभिन्न विधामा जिम्मेवारी तथा वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ ।

हालै विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको संयोजकत्वमा सञ्चालित कार्यक्रममा पराजुलीले यस वर्षको लागि विद्यालय प्रशासकको रुपमा रामबन्धु पोखरेल, अंग्रेजी विभाग तथा अतिरिक्त क्रियाकलाप प्रमुखमा प्रकाश अधिकारी, गणित विभागका विभागीय प्रमुखमा विद्यालयका सहप्राचार्य विश्व मोहन पौडेल, सामाजिक विषयको विभागीय प्रमुखमा विद्यालयका सहप्राचार्य प्रदीप खनाल, विज्ञान विषयका विभागीय प्रमुखमा हरि केसी, नेपाली विभागका विभागीय प्रमुखमा विष्णुप्रसाद पौडेल, खेलकुद प्रमुखमा लीलबहादुर गुरुङ, कक्षा नर्सरीदेखि कक्षा तीनसम्मको ग्रेड सेसनको प्रमुखमा पद्मा पराजुली, सदस्यहरुमा भगवती सुवेदी र निर्मला श्रेष्ठ, कक्षा चारदेखि कक्षा ६ सम्मको प्रमुखमा बिमला प्रधानलाई चयन गरेको छ ।

उक्त कार्यक्रममा विषय प्रमुखको रोहवरमा वार्षिक पाठयोजनासमेत बनाइएको थियो भने विद्यालयका सहआचार्य विश्वमोहन पौडेलले विद्यालयको यस वर्षको वार्षिक कार्ययोजना समेत प्रस्तुत गर्नुका साथै विद्यालयमा आएका नव शिक्षक शिक्षिकाहरुलाई स्वागतसमेत गरिएको थियो ।

You might also like

Comments are closed.