सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले सेयर बजारमा सुधारको संकेत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘एकजना नेताले सेयर बजार जुवाजस्तै हो भने, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,’ सांसद् भट्टराईले भने, ‘लगानीकर्ताले सेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको सेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै भने, “राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.