प्रतिभा माविमा गण्डकी प्रदेशस्तरिय क्रियटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ हुँदै

पोखरा । पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रियटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ ।

एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म  हाजिरीजवाफ, वक्तृत्वकला, फुटसल, भलिवल, ब्याडमिन्टन, टेबलटेनिस प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने प्रिन्सिपल किरण सापकोटाले जानकारी दिए ।

बास्केटबल, भलिवल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीले जेठ ३० गते अपरान्ह ४ बजेसम्म र फुटसल, हाजिरीजवाफ र वक्तृत्वकलामा सहभागी हुनेले असार ४ गते अपरान्ह ४ बजेसम्म नाम दर्ता गर्नुपर्नेछ ।

सहभागीहरु एउटै वा विभिन्न विद्यालयबाट पनि हुने सक्ने, खेल तथा प्रतियोगितासंग सम्बन्धित सम्पूर्ण नियमहरु दर्ताको समयमा उपलब्ध गराइने विद्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेलले बताए ।

सहभागीले दर्ताका लागि एसइई प्रवेशपत्र वा कक्षा १० को कुनैपनि त्रैमासिक परीक्षाको ग्रेडसिटको प्रतिलिपि र एक÷एक प्रति फोटो बुझाउनुपर्नेछ । प्रतियोगितामा सहभागीताको लागि दर्ता निःशुल्क रहेको छ ।

You might also like

Comments are closed.