बैंकर अनिलकेशरी शाहको सुझाव : सही विषय छनोट गर्ने बेला यही हो

पोखरा । पोखराको प्रतिभा माविको आयोजनामा भएको कार्यक्रममा बोल्दै बैंकर अनिलकेशरी शाहले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई सही विषय छनोट गर्न सुझाएका छन् ।

एसईई उत्तिर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई सुझाव दिँदै शाहले यही बेला सही विषय छान्नपर्ने बताए । उनले भविश्यको ढोका चुन्ने अवसरबाट बञ्चित नहुनका लागि पनि यतिबेला उपयुक्त विषय छनोट गर्नुपर्ने बताए ।

पोखराको प्रतिभा माविले शुक्रबार आयोजना गरेको स्वागत तथा ओरियन्टेसन कार्यक्रममा शाहले थप सुझाव थियो ‘कपितयले पढ्न पनि पाएका छैनन् । चाहेर पनि पढ्न नपाउने धेरै छन् । त्यसैले पढ्न नपाएका व्यक्तिका लागि पनि पढ्न पाउनेले पढिदिनुपर्छ । उनका अनुसार कतिपयले पढ्ने अवसर पाएपनि कष्टका साथ पढेका छन् । केहीले पढ्न नपाएरै परिवारको पेट पाल्ने चिन्तामा दौडधुपमा छन् । धेरै युवा परिवार पाल्नका लागि खाडिमा पुगेर मेहनत गरेका छन् । त्यसैले आफुलाइ र परिवारका लागि मात्र नभई पढ्न नपाएका ब्यक्तिका लागि पनि पढिदिनुपर्ने उनले बताए । ‘चाहेर पनि पढ्न नपाएका, जो परिवारको पेट पाल्नका लागि दौडधुपमा छन्, उनीहरुका लागि पढिदिनुपर्छ,’ शाहले भने ।

jutta mela

बैंकमा आफुले जागिर सुरु गरेदेखि तीनदशक अवधिमा भोगेको झन्झट र आफुप्रतिको अविश्वासलाई पनि उनले त्यही बेला सुनाए । शाह भन्छन्, ‘अबको समय यस्तो आयो, तपाईको घर कहाँ हो भनेर कसैले सौध्दैन, तपाईले के गर्नुभयो भनेर सोध्नेछन् । त्यसैले लक्ष्य समात्नुस् । आफुले ३१ वर्षे बैंकिङ करियरमा दिनमा १२ घन्टा बैंकमा काम गरेको अनुभव सुनाए । ‘३१ वर्षसम्म मेरो दैनिकी एउटै थियो। त्यसैले लक्ष्य समात्नुस् । म के काम गर्छु भन्न नसक्नेले कतै पनि सफलता पाउदैन ।’

उनले विद्यार्थीलाई सुझाव दिँदै अभिभावक र गुरुको सन्देश सुन्ने तर निर्णय आफै गर्नुपर्ने बताए । ‘के गर्दा राम्रो हुन्छ भनेर सोच्नुस्। आफ्नो जिन्दगीको बारेमा आफै निर्णय गर्नुस,’ उनले भने र आफुले अध्ययन र जागिरको क्रममा बेलाबेला दोधार अवस्था आईपर्दा आफैले निर्णय गरेको भनेर उनले अनुभव बाँडेका थिए।

कार्यक्रममा प्रतिभा माविका निर्देशक किरण सापकोटाले विद्यार्थीले ११ र १२ कक्षा राम्रोसँग अध्ययन गरेर जिवनको बाटो तय गर्न विद्यार्थीलाई सुझाए । ‘११ र १२ कक्षालाई भविष्यको माध्यम बनाउनुपर्छ । भविष्य कता लैजाने भनेर यहीबेला निर्णय गर्ने हो,’ उनले भने । उनले प्रतिभा माविले भविष्यमा पोखरामै प्रतिभा स्पोर्ट्स एकेडेमि बनाउने तयारी भएको जानकारी दिए।

त्यस्तै बिबिए, इन्जिनियरिङ लगायतका कक्षा पनि संचालनको तयारी गरिरहेको उनले जानकारी दिए । उनले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन जस्तोसुकै काम गर्न पनि तयार रहेको बताए । सापकोटाका अनुसार मन्टेश्वरीदेखि १२ कक्षासम्म विद्यालयमा करिब २९ सय विद्यार्थी अध्ययनरत छन् । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भविष्य उनीहरु आफैले तय गर्ने भएकोले त्यही अनुसार अध्ययन गर्न सुझाए । शिक्षाको गुणस्तरलाई अब्बल बनाउन विद्यालयले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा गायक प्रकाश दूतराज लगायत विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि पस्केका थिए । विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्यापन हुन्छ । विद्यालयले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ ।

 

You might also like

Comments are closed.