प्रतिभा माविमा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ को तयारी हुँदै

पोखरा । पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ को तयारी गरिरहेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिताका लागि तयारी तीव्र भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए ।

विज्ञान हाजिरीजवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन् । ‘एसइई दिएर बसेका विद्यार्थीलाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो,’ सापकोटाले भने, ‘यसले बालबालिकामा रहेको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन सघाउनुका साथै उनीहरुमा लुकेको क्षमता बाहिर ल्याउँछ ।’

बास्केटबल, भलिवल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीले आउँदो जेठ ३० गतेसम्म तथा फुटसल, हाजिरीजवाफ र वक्तृत्वकलामा सहभागी हुनेले असार ४ गतेसम्म टिम दर्ता गर्नुपर्नेछ । विद्यालयले अघिल्ला वर्ष पनि एसइई दिएका विद्यार्थीका लागि यस्ता कार्यक्रम गर्दै आएको छ । सहभागीहरु एउटै वा विभिन्न विद्यालयबाट पनि हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई कुल २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने विद्यालयले बताएको छ ।

सहभागीले दर्ताका लागि एसइई प्रवेशपत्र वा कक्षा १० को कुनैपनि त्रैमासिक परीक्षाको ग्रेडसिटको प्रतिलिपि सहित सहभागि हुनुपर्ने विद्यालयले बताएको छ ।

 

You might also like

Comments are closed.