सिकाइको उत्कृष्ट गन्तव्य बन्दै प्राक्सिस एकेडेमी

गेन्द्र लामा, फाउण्डर तथा प्रिन्सिपल, प्राक्सिस एकेडेमी

काठमाडौं । विद्यार्थीलाई २१औं शताब्दीको व्यवहारिक, प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको शैक्षिक संस्था हो, चावहिलको चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमी ।

योग्य, शिक्षामा समर्पित र गतिशील तथा अनुभवी व्यक्तिहरुको समूहद्वारा सञ्चालनमा ल्याइएको यो विद्यालयले धेरै विद्यार्थीको सुन्दर भविष्यको गोरेटो कोर्न सफल भएको छ । जीवनमा आइपर्ने विभिन्न चुनौतीको सामना गर्दै भविष्यलाई सफल तथा समृद्ध बनाउने ज्ञान तथा सीप प्राप्त गर्ने उत्कृष्ट गन्तव्य बन्न सफल छ, प्राक्सिस एकेडेमी ।

केही कुरा सिक्नु जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, यही उद्देश्य पूरा गर्न एकेडेमीले विद्यार्थीका अन्तर्निहीत क्षमता तथा प्रतिभाको पहिचान गरि आत्मनिर्भरता अनुशासन र सर्मपणको विकास गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी एकेडेमीले उत्पादन गरिरहेको छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन गरिने यस विद्यालयमा भौतिक संरचना पनि स्तरीय तथा सुविधा सम्पन्न छन् ।

jutta mela

विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि विद्यालयमा छ । जेहेन्दार, आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत परिवारका विद्यार्थीको लागि विद्यालयले छात्रवृत्ति उपलब्ध गराउदै आएको छ । सस्तो फि तिरेर विद्यार्थीले उत्कृष्ट शिक्षा प्राप्त गर्ने गन्तव्य बनेको छ, प्राक्सिस ।

यहाँ मन्टेश्वरी कक्षादेखि नै विद्यार्थीको इच्छा, चाहना र रुचीअनुसार अध्यापन गरिन्छ । पारिवारिक वातावरण रहेको यस विद्यालयमा अध्यापनका क्रममा प्रोजेक्ट वर्क, अडियो भिजुअल सामग्री, सामुहिक छलफल जस्ता गतिविधि संचालन हुने गरेका छन् । जसले विद्यार्थीलाई सिक्न थप उत्साह प्रदान गर्छ ।
प्राक्सिसमा विद्यार्थीका लागि सुविधा सम्पन्न लाइब्रेरी, कम्प्युटर ल्याब, साइन्स ल्याब छन् ।

समय–समयमा विद्यालयले भ्रमणको तालिका पनि समावेश गर्दै आइरहेको छ । विद्यार्थीकोे शारीरिक तथा मानसिक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि विद्यालयमा संचालन हुने गरेका छन् । स्वच्छ, सफा खान तथा खाजाका लागि विद्यालय परिसरमा क्याफे छ ।

विद्यार्थीको उज्ज्वल तथा सुनौलो भविष्य निर्माणका लागि विद्यालयले जस्तोसुकै बाधा तथा परिस्थितिलाई पनि सामना गर्ने प्रतिवद्धता जनाएको छ । यहाँका विद्यार्थीले एसएलसी परीक्षामा सामेल भएदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । विद्यार्थी उत्कृष्ट तथा प्रथम श्रेणीमा उत्र्तीण भएका छन् ।

विद्यालयको सफलतासंग शिक्षक र विद्यार्थी मात्र नभई अभिभावक पनि जोडिने र शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतले विद्यालय अहिलेको अवस्थामा आइपुगेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल गेन्द्र लामा बताउँछन् । ‘गुणस्तरीय शिक्षा प्रदान गर्ने र विश्व विद्यालयस्तरका शैक्षिक कार्यक्रमहरु संचालन गरि उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्य प्राक्सिस समर्पित छ,’ उनले भने ।

You might also like

Comments are closed.