‘प्रिमियर कलेज विद्यार्थीका लागि स्वर्णिम गन्तव्य’

काठमाडौं । काठमाडौंको मुटु मध्य बानेश्वरमा अवस्थित कलेज हो, प्रिमियर कलेज । सन् २००० (वि.सं २०५७ साल) मा स्थापना भएको यो कलेजले २०५९ सालदेखि प्लस टू मा अध्यापन थालेको थियो भने २०६० देखि ब्याचलरका कक्षाहरु शुरु गरेको हो । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको स्वामित्वमा रहेको प्रिमियर कलेज काठमाडौंमा रहेका उत्कृष्ट कलेज मध्यमा पर्छ । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले २०७० सालमा कलेजलाई आफ्नो स्वामित्वमा लिएको थियो ।

करिब ७२/७५ जना विद्यार्थीहरुबाट शुरु भएको यो कलेजमा अहिले २ हजार २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । शुरुवाती चरणमा प्लस टु र ब्याचलरको बिबिएस मात्रै अध्यापन गराएको कलेजले अहिले ब्याचलरमा ५/७ वटा प्रोग्राम थपेर १० वटा प्रोग्राम संचालन गराइरहेको छ ।
कलेजले आवश्यकताको आधारमा कक्षा सकिसकेपछि रोजगारीको समेत अवसर दिने गरेको छ । यस कारण पनि काठमाडौंका अन्य कलेजहरु भन्दा प्रिमियर कलेज धेरै अभिभावक तथा विद्यार्थीहरुको रोजाइको कलेज बन्दै आएको छ । साथै कलेजले अध्ययन पूरा गरेर गएका विद्यार्थीहरुलाई आवश्यकता तथा क्षमताको आधारमा रोजगारी पनि दिने गरेको छ ।

कलेजले न्युनतम शुल्कमा विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । वि.सं २०६८ मा आइएसओ स्तर प्राप्त यस कलेजको उर्तीणांक पनि अन्य विद्यालयको भन्दा बढी छ । कलेजमा प्लस टुतर्फ साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिजका कक्षाहरु संचालन हुँदै आएको छ । अब भने कलेजले छिट्टै नै कानुनको पनि कार्यक्रम ल्याउने तयारी गरेको छ र त्यसका लागि कलेजले प्रक्रियाहरु पनि पूरा गरिसकेको छ ।

कलेजले ब्याचलर र मास्टर्सतर्फ बिबिएस, बिबिएम, बिएसडब्ल्यु, सिए, बिआइटी, बिएसीसी एमबिएस लागायत झन्डै ९ वटा कार्यक्रम संचालन गरिरहेको छ । शुल्क, कलेजको लोकेशन, स्वामित्वको हिसाबले र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर लिएको कलेजको हिसाबले प्रिमियर कलेज विद्यार्थीहरुका लागि उपयुक्त गन्तब्य भएको बताउँछन् कलेजका प्रिन्सिपल मीनबहादुर कार्की ।

कलेजले यस वर्ष कक्षा ११ मा व्यवस्थापतर्फ ४ सय, विज्ञानतर्फ २ सय, मानविकी र समाजशास्त्रतर्फ ५० जना गरि कूल ६ सय ५० जना विद्यार्थी भर्नाको लक्ष्य लिएको छ । र, यो लक्ष्य सहजै पूरा हुने कलेजले अपेक्षा गरेको छ । यसअघि कोभिड संक्रमणको समयमा पनि कलेजले आफ्नो विद्यार्थी भर्नाको लक्ष्य पूरा गर्न सफल भएको थियो ।

प्रिमियरमा प्लस टु पास गरेको विद्यार्थीलाई प्रिमियरको ब्याचलरमा उसले चाहेको जुनसुकै विषय अध्ययन गर्दा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै विद्यार्थीको योग्यता र क्षमता अनुसार उनिहरुलाई रोजगारीको पनि सुविधा दिइएको छ । यी सबै सेवा सुविधाका कारण पनि प्रिमियर कलेज विद्यार्थीहरुका लागि स्वर्णिम गन्तब्य हो भन्छन्, प्रिन्सिपल कार्की । प्रिमियर कलेजमा दक्ष तथा अनुभवी शिक्षकहरुले अध्यापन गराउने गरेका छन् । जसका कारण कलेजले राष्ट्रिय परीक्षा बोर्डमा टप गरेको छ ।

कलेजमा अहिले दक्ष तथा अनुभवी १ सय २५ जना शिक्षकहरुले अध्यापन गराउदै आएका छन् भने करिब २५ जना कर्मचारी गरि कुल १ सय ५० जना शिकक्षले २२ सय विद्यार्थीलाई अध्यापन गराइ रहेका छन् । कलेजले वर्षको १ महिना पुष महिनालाई खेलकुदको महिना भनेर छुट्याएको छ । उक्त महिना कलेजले पठनपाठनलाई भन्दा अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिने गरेको छ । विद्यार्थीहरु शैक्षिक तथा गैरशैक्षिक सम्पूर्ण क्रियाकलापहरुमा सक्रिय हुनुपर्छ भन्ने कलेजको मान्यता छ ।

साथै कलेजले वार्षिकरुपमा टिचरहरुको टिचिङ स्किल वृद्धिका कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । साथै कलेजमा छिट्टै नै अनुसन्धन विभाग स्थापना गर्ने तयारी गरिएको छ । त्यसले भोलिका दिनमा शैक्षिक र गैरशैक्षिक कार्यक्रमहरुदेखि लिएर समाजका लागि पनि प्रिमियर कलेज राम्रो संस्था बन्न सक्छ भन्ने आफूहरुको विश्वास रहेको प्रिन्सिपल कार्कीले बताए ।

You might also like

Comments are closed.