प्रेसिडेन्सियल बिजनेश स्कुलमा गेष्ट स्पिकर सेसन सम्पन्न

काठमाडौं । प्रेसिडेन्सियल बिजनेश स्कुलमा गेष्ट स्पिकर सेसन सम्पन्न भएको छ। बुधबार सम्पन्न सेसनमा गेष्ट स्पिकरमा गोल्याङ ग्रुपका अध्यक्ष पवन गोल्याङ थिए ।

सेसनमा गोल्याङले नेपाली उद्योग र उद्यमशिलताको प्रवर्द्धनमा गोल्याङ ग्रुपको भूमिकाबारे जानकारी गराएका थिए । गोल्याङ ग्रुपको शुरुवात पछि ग्रुप कसरी एसियाका उत्कृष्ट मध्यमा पर्न सफल बनेको छ भन्नेबारे आफ्नो अनुभव सुनाएका थिए।

उद्यमशिलता र नेपाली उद्योगको वर्तमान अवस्थाका बारेमा पनि उनले जानकारी गराएका थिए । उद्यमशिलताप्रति चाहना भएका विद्यार्थीहरुलाई उक्त क्षेत्रमा आवद्ध हुन सुझाएका थिए । सेसनपछि गोल्याङले विद्यार्थीहरुसँग अन्तक्रियासमेत गरेका थिए ।

MANASLU

You might also like

Comments are closed.