प्रेसिडेन्सियल बिजनेस स्कूल १२ वर्षमा प्रवेश

काठमाडौं । प्रेसिडेन्सियल बिजनेस स्कूल (पिबिएस) १२ वर्षमा प्रवेश गरेको छ । पिबिएसले बिहीबार ११औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा स्कूलका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

नेपालमा गुणस्तरीय शिक्षाको नमूना केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यले सन् २०११ मा स्थापना भएको शैक्षिक संस्था हो पिबिएस ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल पिबिएसमा स्कुल अफ बिजनेस अन्तर्गत बिबिए र एमबिएको र स्कूल अफ टेक्नोलोजी अन्तर्गत बिएससी आइटी र एमएससी आइटीको पढाई हुन्छ ।

jutta mela

व्यवस्थापन र आइटी शिक्षामा यो कलेज उत्कृष्ट मानिन्छ ।

You might also like

Comments are closed.