‘तरलता अभाव कर्जा विस्तारले होइन व्यापार घाटाले’

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा धेरै गाडी आयात हुन थालेको बताएका छन् । आज उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले गाडी धेरै आयात गरेर गाउँ–गाउँमा घर–घरका गाई बाँध्ने गोठसमेत ग्यारेज बनेको बताए ।

उनले गाडी बिक्रेता व्यवसायीले बेचेका सवारी साधनका कारण गाउँका गोठ ग्यारेज बन्न नहुने र गोठ नै रहिरह्यो भने मात्रै कृषि उत्पादन बढ्ने बताए । त्यस्तै, अधिकारीले हाल मुलुकमा भित्रिने रेमिटेन्सले आयातको ४० प्रतिशत मात्र धान्ने अवस्था रहेको र बाँकी स्रोतले आयात धान्न सक्ने अवस्था नरहेकाले सबै सचेत हुनुपर्ने बेला आएको बताए ।

jutta mela

उनले भने, ‘हाम्रो नेपाली उपभोक्ता जति मूल्य परे पनि खरिद गर्ने प्रवित्ति बढेको छ । यसले उपभोग्य वस्तुको आयात बढेको छ । पैसा बहिरिएको छ। वार्षिक तीन अर्ब डलर यसरी बाहिरिएकाले हाम्रो ९ अर्ब डलर विदेशी मुद्रा डलर सञ्चितिले धेरै धान्दैन।’

मुलुकबाट यसरी बाहिरिने रकमकै कारण बैंकिङ क्षेत्रमा तरलता अभाव भइरहेको पनि अधिकारीले बताए। साथै उनले राष्ट्र बैंकले गत पुसदेखि आयातमा कडाइ पनि बताए। जसले हाल आयातको वृद्धिदर स्थिर भइरहेको छ ।

अहिलेको अवस्थामा निजी क्षेत्रको नाफा जोगाउनुभन्दा ठूलो अर्थतन्त्र बचाउनु पर्ने भएकोले उद्योगीहरूले पनि यसमा सहयोग गर्नुपर्ने बताए। उनले बैंकिङ क्षेत्रमा रहेको तरलताको समस्यामा राष्ट्र बैंकले सहजीकरण गरिरहेको पनि जानकारी दिए।

५ महिनायता बैंकहरूले दैनिक २ खर्ब रुपैयाँ राष्ट्र बैंकबाट पाइरहेकाले तरलता सहजीकरणमा आफूहरूले सक्दो प्रयास गरिरहेको उनको दाबी छ । साथै उनले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको पनि बताए ।

मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनु परेको उनको भनाई छ ।

अधिकारीले अहिले तरलता अभाव कर्जा विस्तारले भएको नभई व्यापार घाटाले भएको बताएका छन् । व्यापार घाटा घटाउन र उपभोग्य वस्तुको खपत कम गर्न बैंकले ब्याजदर बढाएको उनको भनाई छ ।

You might also like

Comments are closed.