पोखरा । प्राइम सहकारी संस्था लि. पोखराका सेयर सदस्य तथा कर्मचारीले अन्नपूर्ण केवलकार पोखराको सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
केवलकारको सेवामा १० प्रतिशत छुट प्रदान गर्ने गरी बिहीबार दुई पक्षबीच सम्झौता भएकोे छ । केवलकारका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र सहकारी निबर्तमान अध्यक्ष एवं सल्लाहकार निदेशप्रसाद कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त छुटले सहकारीका सेयर सदस्य तथा कर्मचारीहरु लाभान्वित हुने सहकारीका प्रवन्धक निरु थापाले विश्वास व्यक्त गरिन् ।
‘आगामी दिनमा अन्य संस्था तथा व्यावसायिक क्षेत्रसँग पनि सम्झौता गर्ने तयारीमा हामी छौं,’ उनले भनिन् ।सहकारीमा २ हजार ५ सय भन्दा बढी सेयर सदस्य छन् ।
Comments are closed.