प्राइम सहकारीको चौथो सदस्य सेवा केन्द्र शुभारम्भ

काठमाडौं । प्राइम सहकारी संस्था लिमिटेडको चौथो सदस्य सेवा केन्द्र शुभारम्भ भएको छ ।

सहकारीले दसैंको पहिलो दिन घटस्थापनाको अबसरमा सोमबार अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलमा चौथो सदस्य सेवा केन्द्रमा शुभारम्भ गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिष्णुुबहादुर के.सी, वडा अध्यक्षहरु, कर्मचारी, ग्राहक लगायतको उपस्थिती थियो ।

चौथो सेवाकेन्द्रको शुभारम्भ ५ कन्याले रिवन काटेर गरेका थिए । यस अघि सहकारीका पोखराको गैह्रापाटनमा प्रधान कार्यालय,सेवा केन्द्र लेखनाथको तालचोक र बगरमा रहेका छन् ।

कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र रहेको सहकारीले सेवामुखी कार्यमा अगाडि बढिरहेको र कृषितर्फ बाख्रापालन व्यवसायमा सक्रिय छ । सहकारीले एटिएम, मोवाइल बैकिङ लगायतका आधुनिक बैकिङ सेवा पनि सदस्यलाई प्रदान गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.