पोखरा । प्रिमो एजुकेशन एण्ड भिजा सर्भिसेस र ल्याङवेज एकेडेमीको शाखा पोखरामा सञ्चालनमा आएको छ । पोखराको सिद्धार्थचोकमा सञ्चालनमा आएको शाखाको मंसिर २ गते शनिबार औपचारिक शुभारम्भ गरिएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय उपाध्यक्ष तथा इक्यान कास्कीका पूर्व अध्यक्ष भुवन क्षेत्रीले शाखाको उद्घाटन गरेका हुन् ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श, भाषा शिक्षा लगायतको सेवाका लागि पोखरामा प्रिमोले शाखा स्थापना गरेको शाखा निर्देशक रमेशकुमार थापाले जानकारी दिए । इक्यान कास्कीका अध्यक्षसमेत रहेका थापा बिगत २० वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् । यो क्षेत्रमा लामो अनुभव संगालेका थापाको नेतृत्वमा प्रिमो र ल्याङवेज एकेडेमी अझै बढी सफल हुने विश्वास गरिएको छ ।
मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको प्रिमोले विगत ५ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । अष्ट्रेलियासहित नेपालको काठमाडौं, पोखरा, बुटवलमा शाखा सञ्जाल विस्तार भइसकेको छ । फिलिपिन्स, भारत र नेपालको चितवनमा शाखा विस्तारको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक केसीले जानकारी दिए । ‘भविष्यमा युएसए, युके, क्यानडा, आयरल्याण्ड, माल्टा, फ्रान्स लगायत युरोपका केही मुलुकमा पनि शाखा विस्तार गर्ने योजनामा छौं,’ उनले भने ।
परामर्श तथा डकुमेन्टेसनका लागि प्रिमो छोटो समयमा अग्रणी कम्पनीका रुपमा स्थापित भइसकेको केसीले बताए । ‘हामी विद्यार्थीको उज्वल भविष्यप्रति सधैं सहयोगी बन्ने अभियानमा छौं,’ उनले भने, ‘कानुनी परामर्शदेखि विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा हामी उपलब्ध गराउँछौं ।’ सामाजिक उत्तरदायित्व बहन गर्दै खेलकुद तथा सामाजिक क्रियाकलापमा पनि प्रिमो निरन्तर सक्रिय रहेको केसीले जानकारी दिए ।
पोखराको सिद्धार्थचोकमा स्थापित शाखा मार्फत पोखरा तथा आसपासका जिल्लाका विद्यार्थीलाई सेवा प्रदान गरिने निर्देशक थापाले जानकारी दिए ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीले भाषा तयारीका लागि ल्याङवेज एकेडेमीलाई प्राथमिकतामा राख्दै आइरहेका छन् । पिटिईका लागि ल्याङवेज एकेडेमी संसारकै अग्रणी कम्पनीका रुपमा स्थापित छ । अत्याधुनिक ल्याबसहित पिटिइ तयारी कक्षा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । ‘पिटिइ तयारी कक्षाका लागि ल्याङवेज एकेडेमी पोखरा क्षेत्रका विद्यार्थीहरुको लागि पनि अबको दिनमा पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौं,’ थापाले भने ।
Comments are closed.