पोखरा । राजधानी काठमाडौं र प्रदेश नं. १ को सफलतापछि किवीबाट बनेको प्रिन्सेस’ वाइनको बजार पोखरामा विस्तार भएको छ । माउण्ट एभरेष्ट वाइनरी उद्योगद्वारा उत्पादित वाइनको पोखरामा बिक्री सुरुवात भएको हो ।
प्रिन्सेस वाइनको लागि पोखराको आधिकारिक बिक्रेतामा होराइजन ट्रेडलिंक प्रा.लि. हो । किबीबाट बनेको प्रिन्सेस वाइनलाई पोखरा क्षेत्रमा बिक्री वितरण गर्न पाउँदा खुसी लागेको प्रालि अध्यक्ष रामेश्वर ढुंगानाले बताए ।
नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको उद्योगका प्रवन्ध निर्देशक विष्णुप्रसाद बास्तोलाले बताए । बागमती प्रदेश र प्रदेश नम्बर १ पछि गण्डकी प्रदेशमा प्रिन्सेस वाइनको बजार विस्तार भएको उनले जानकारी दिए । ‘पर्यटकीय नगरी पोखरा क्षेत्रमा प्रिन्सेस वाइन धेरैको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
प्रिन्सेस वाइनले छोटो समयमा वाइन पारखी उपभोक्ताको मन जित्न सफल भभएको उनले बताए । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ ।
नेपाली बजारमा पहिलो पटक आफ्नो कम्पनीले किवीबाट वाइन उत्पादन सुरु गरेको बास्तोलाले बताए । किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेकोछ । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने ।
वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएको बास्तोला बताउँछन् । वाइनको उद्योग धनकुटामा छ । उद्योगले अत्याधुनिक फ्याक्ट्रीबाट वाइन उत्पादन गर्दै आइरहेको छ ।
Comments are closed.