पोखरादेखि धनकुटा हिलेसम्म डिलक्स बस सञ्चालन

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले पर्यटकीय नगरी पोखरादेखि अर्को पर्यटकीय गन्तव्य धनकुटाको हिलेसम्म सिधा बस सेवा सञ्चालनमा ल्याएको छ । प्रा.लि.ले  पोखराबाट गत पुस १ गतेदेखि धरान, पाख्रिबास हुँदै धनकुटा हिलेसम्म बस सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त रुटमा दैनिक रुपमा डिलक्स बसबाट सेवा प्रदान भइरहेको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । प्रत्येक दिन पोखराबाट दिउसो २ः३० बजे बस छुट्ने केसीले जानकारी दिए । ‘हिलेबाट पनि दैनिक रुपमा पोखराका लागि बस छुट्छ,’ उनले भने । उक्त रुटमा प्रा.लि. अन्तर्गत ७ वटा बस सञ्चालनमा छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले लामो तथा छोटो दुरीमा गरी १ हजार ४ सय वटा बस सञ्चालन गरिरहेको छ ।

jutta mela

‘हामीले स्तरीय बसबाट यात्रुलाई सुविधा प्रदान गरिरहेका छौं,’ केसीले भने ।

पृथ्वी यातायात सहकारी संस्थाबाट वित्तीय सेवाको तयारी

 

You might also like

Comments are closed.