प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि“Heli Rideको सफर” with Prabhu Capital को “न्यानो Special Offer” भन्ने स्लोगनसहित यो निःशुल्क डिम्याट स्किम ल्याएकाे छ ।
यो योजना यही १ पौषबाट चैत्र ३० गतेसम्म लागु हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि “Free” डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्नेछन् । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा ीयततभचथ बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाईकुण्ड Heli Ride जित्नेछन् ।
पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्ररित गर्ने उद्देश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाइसी वा एप केवाइसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रभु क्यापिटलको “न्यानो Special Offer” डिम्याट खाताको यस्ता छन् विशेषता :
– निःशुल्क डिम्याट खाता सँगै मेरो सेयर खाता ।
– Schemeअवधिभरको हितग्राही मध्ये “१० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट” ।
– १ जना लाई “गोसाईकुण्ड Heli Ride Offer”
– अनलाईन मार्फत खाता खोल्न सकिने
– भिडियो केवाइसीद्वारा केवाइसी भेरिफिकेसन हुने भिडियो
– पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट ।








Comments are closed.