कुन बैंकको नाफा कति ?

रावा बैंकको सबैभन्दा बढी नाफा, सेञ्चुरी कमर्सियलको सबैभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष सबै बैंकहरुले उल्लेख्य नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा रहे पनि बैंकहरु उल्लेख्य नाफा कमाउन सफल छन् ।

शनिवारसम्म २६ वटा वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी दोस्रोमा ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड, नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एसियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् । सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको १ अर्ब ३५ करोड छ ।

jutta mela

त्यस्तै सिभिल बैंकले १ अर्ब ३८ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६३ करोड र बैंक अफ काठमाडौंले १ अर्ब ८१ करोड नाफा कमाएको ।

त्यस्तै, एनएमबी बैंकले ३ अर्ब ७० करोड, प्राइम बैंक लि. ३ अर्ब ६८ करोड, नेपाल बैंक लि. ३ अर्ब २६करोड, सिद्धार्थ बैंक ३ अर्ब ३१ करोड, कुमारी बैंक लि. २ अर्ब ८३ करोड, मेगा बैंकले २ अर्ब ८३ करोड, प्रभ बैंक २ अर्ब ६० करोड, एभरेष्ट बैंकु २ अर्ब ५४ करोड, हिमालयन बैंक २ अर्ब ४८ करोड, कृषि विकास बैंक लि.२ अर्ब ३६ करोड, सानिमा बैंकले २ अर्ब २९ करोड, स्ट्यार्डड चार्टड बैंक २ अर्ब २६ करोड, सिटिजन्स बैंक २ अर्ब २५ करोड, माछापुछ्रे बैंक २ अर्ब १६ करोड, सनराइज बैंक लि. २ अर्ब १५ करोड, एनसीसी बैंक २ अर्ब २ करोड कमाएका छन् ।

You might also like

Comments are closed.