प्रोग्रेशिभ फाइनान्सको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २७औं एवं २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमवार संस्थाका सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा साभारण सभा भएको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा ०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पारेका छन् । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिएका छन् ।

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाको जवाफ दिदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगति गरिरहेको जानकारी गराए । संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी शेयरधनीमा आशाको सञ्चार गराएको तथा शेयरधनीबाट प्राप्त सल्लाह तथा सुझावलाई धन्यवाद दिदै आगामी दिनमा यस्ता सुझाव कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका छन् ।

साधारण सभाले आर्थिक वर्ष ०७९/८० तथा ०८०/८१को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरण छलफल पश्चात स्वीकृत गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष ०८०/८१ का लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिई नियुक्त गरिएको बाह्य लेखापरीक्षक रन्जिव एण्ड एशोसिएट्सको नियुक्ति अनुमोदन गरेको छ ।

सभामा ०८१/८२ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्‌लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरमार्फत नवीनतम प्रविधिहरु उपयोग गरी आफ्ना सेवाहरु प्रवाह गरिरहेको संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी गराए ।

lcci
You might also like

Comments are closed.