काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २९औं वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फाइनान्सले पाटन सुन्धारामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्टार हस्पिटल प्रालिको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रक्तदाताको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनले व्यवसायिक क्रियाकलापसँगै यस प्रकारका सामाजिक गतिविधिलाई पनि अगाडी बढाउन सकेकोमा खुशी प्रकट गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतालाई प्राथमिकता दिई यस फाइनान्सले आयोजना गरेको रक्तदान कार्यक्रमबाट अमूल्य जीवनलाई बचाउन सकिने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा फाइनान्सका कर्मचारी समेतको सहभागीतामा ६४ जना रक्तदाताले रक्तदान गरेका थिए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक बैकिङ सेवाको सहज उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २३ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बंैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
Comments are closed.