पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै

काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकलाई मोहित पारेको छ ।

विविध भू–भागमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ । पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थामा उल्लेखनीय प्रदर्शन गरेको छ ।

यात्राभरी, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण–मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् । दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउनेछन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पु¥याउँछ ।

देशको विकसित गतिशीलता आवश्यकता पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु लक्ष्य रहेको नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए । प्रोटन इमास ७ र नेपालभरी यसको यात्राको बारेमा थप जानकारीको लागि https://proton-nepal.com मा वा protonnepal नामक सामाजिक सञ्जाल ह्यान्डलहरूमा लिन सकिनेछ ।

You might also like

Comments are closed.