धनगढीमा प्रोटोनको नयाँ शोरुम उद्घाटन

धनगढी । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको प्रोटोन ईमासले धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरूम उद्घाटन गरेका छन् । आफ्नो तीव्र राष्ट्रिय विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।

यस अवसरमा ब्राण्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ । जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शन गरेको छ । नयाँ उद्घाटन गरिएको यस अत्याधुनिक थ्रीएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पाट्र्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ ।

ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन ईमासका ग्राहकलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ ।

शोरुमको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले उद्घाटन गरेका हुन् । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले धनगढीकाबासीको प्रोटोन ईमास ब्राण्डप्रतिको जोँश र हरित भविष्यप्रतिको विश्वासले प्रेरणा दिएको बताए ।

यस विस्तारसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको छ ।

You might also like

Comments are closed.